छापा खबर


प्रत्यारोपण गरेको मिर्गौलाले काम गर्न छाड्यो, कस्तो छ प्रधानमन्त्रीलाई ?

प्रत्यारोपण गरेको मिर्गौलाले काम गर्न छाड्यो, कस्तो छ प्रधानमन्त्रीलाई ?

नेपालखबर
भदौ ४, २०७६ बुधबार ०:२०,

७१ प्रतिशत अर्थात प्रत्यक्षतर्फ इतिहासमै सबैभन्दा बढी सिट पाएर केपी शर्मा ओली प्रधानमन्त्रीमा निर्वाचति भएका हुन्।

आफ्ना प्रधानमन्त्रीको स्वास्थ्यप्रति तीन करोड जनताको सरोकार, स्नेह र आशिर्वाद छ।

तर, चिकित्सक र सल्लाहकारले प्रधानमन्त्रीको स्वास्थ्यलाई व्यक्तिगत र खुद्रा विषय बनाइदिएका छन्। यो खबर आजको नयाँ पत्रिका दैनिकमा अर्जुन अधिकारीले लेखेका छन्।

१२ वर्षअघि प्रत्यारोपण गरेको मिर्गौलाको काम गर्ने क्षमतामा ह्रास आएपछि प्रधानमन्त्री केपी ओली उपचारका लागि पुनः सिंगापुर जाँदैछन्।

नौ दिनसम्म सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालमा उपचार गरेर फर्किएको १० दिनपछि बिहीबार उनी त्यसतर्फ जान लागेका हुन्।

त्यतिबेलै उनलाई चिकित्सकले अर्को एकसाता बस्न भनेका थिए। मिर्गौलामा समस्या देखिएको र नयाँ औषधि चलाएर हेर्नुपर्ने चिकित्सकले बताएका थिए।

तर प्रधानमन्त्री ओली देशमा राजनीतिक व्यवस्थापन गर्नुपर्ने भन्दै छिटै उपचारमा फर्किने बचन दिएर चिकित्सकसँग बिदा भएका थिए।

०६४ साउनमा दिल्लीस्थित एपोलो अस्पतालमा प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरिएको थियो।

सिंगापुरमा प्रधानमन्त्रीको ‘प्लाज्मा फेरेसिस’ गर्ने तयारी भएको बरिष्ठ मिगौला रोग विशेषज्ञ प्रा.डा.ऋषिकुमार काफ्लेले बताए।

‘प्लाज्मा फेरेसिस’बाट सुधार नभए मिर्गौला प्रत्यारोपण वा डायलासिसमै जानुपर्ने उनको भनाई छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad