१९ जेठ ०५८ मा भएको राजदरबार हत्याकाण्डका प्रत्यक्षदर्शी बच्चुराम केसीले विष सेवन गरी सिंहदरबारमा आत्महत्या गरेका छन्।
राष्ट्रिय योजना आयोगमा सुब्बा तहमा कार्यरत केसी मंगलबार दिउँसो कार्यालयमा मृत अबस्थामा भेटिएका हुन्।
राजदरबार हत्याकाण्डको बेला केसी युवराज दीपेन्द्रको बासस्थाका रुपमा रहेको त्रिभुवन सदनमा ब्वाइज (सुब्बा) पदमा कार्यरत थिए। र, उनको जिम्मेबारी भान्सेका रुपमा थियो।
दरबार हत्याकाण्डका दिन त्रिभुवन सदनको बिलियार्ड हलमा लगिएको खाना उनीलगायतको टोलीले तयार पारेको थियो।
यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।
तत्कालिन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको अध्यक्षतामा गठित उच्चस्तरीय समितिका सदस्य तत्कालिन सभामुख तारानाथ रानाभाटले दरबार हत्याकाण्डसम्बन्धी प्रतिवेदन तयार पार्ने क्रममा केसीसँग पनि बयान लिएका थिए।
दरबारबाट परराष्ट्रमा सरुवा भएपछि १७ जना बंगलादेशीलाई नेपाली राहदानी दिएको आरोपमा उनले मुद्दा खेपेका थिए।
आत्महत्या गर्नुअघि उनको लेखोटमा आफ्नै कारणले आत्महत्या गरेको उल्लेख छ।

प्रतिक्रिया