पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणकी आरोपित अस्मिता कार्की अलपत्र परेकी छन्।
उनका पक्षमा बहसका लागि कुनै पनि अधिवक्ता तयार नभएका हुन्। यो खबर आजको नयाँ पत्रिकामा छापिएको छ।
अर्का अभियुक्तद्वय रवि लामिछाने र युवराज कँडेलका पक्षमा पूर्वमहान्यायाधिवक्ता र वरिष्ठ अधिवक्ताले वकालत गरे पनि अस्मिताका पक्षमा कोही पनि नबोलेको अदालतले जनाएको छ।
चितवन जिल्ला अदालतले पत्रकार पुडासैनी आत्महत्या प्रकरणका आरोपित पत्रकार रवि लामिछाने, कँडेल र अस्मिता कार्कीलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ।
अनुसन्धान नसकिएकाले थप समय माग भएअनुसार पाँच दिन पुनः म्याद थप भएको जिल्ला सरकारी वकिल कार्यालयका सहायक न्यायाधिवक्ता प्रकाश थापाले जानकारी दिए।
प्रतिवादी रवि र युवराजका तर्फबाट पूर्वमहान्यायाधिवक्ता सुशील पन्त, वरिष्ठ अधिवक्ता सुनील पोखरेल र चितवन अदालत बार एसोसिएसनका पूर्वअध्यक्ष चूडामणि सापकोटाले बहस गरेका थिए।

प्रतिक्रिया