वीरगन्जको पावर हाउस चोकनजिक रहेको निजी विद्यालय जीएचपी स्कुलको होस्टेलबाट १३ वर्षीय अमितकुमार चौरसिया तीन दिनदेखि बेपत्ता भएका छन्।
उनी पर्साको कालिकामाई गाउँपालिका-२ नम्बर वडा अध्यक्ष भेडिहारी घर भएका सोनालाल चौरसियाका कान्छो छोरा हुन्।
चौरसिया परिवार वीरगञ्ज महानगरपालिका–१३ तेजारथ टोल बस्दै आएको छ। उनीहरुले अमितलाई गत वैशाखदेखि जिएचपी स्कुलको होस्टलमा राखेका थिए।
सो स्कुलको कक्षा ६ सेक्सन ‘बी’ मा अध्ययनरत अमित बिहीबारदेखि बेपत्ता भएको उनका काका पन्नालाल चौरसियाले बताए। यो खबर आजको नागरिक दैनिकमा छापिएको छ।
अमित सम्पर्कबिहीन भएपछि अभिभावक चिन्तित भएका छन्। तीन दिन बितिसक्दा पनि कुनै सुइँको नपाएको बालकका पन्नालालले बताए।

प्रतिक्रिया