समाज


चितवनमा बसले ठक्कर दिँदा गोरखाका युवकको मृत्यु

चितवनमा बसले ठक्कर दिँदा गोरखाका युवकको मृत्यु

नेपालखबर
भदौ १६, २०७६ सोमबार ४:१२,

चितवनमा सोमबार बिहान बसले ठक्कर दिँदा युवकको मृत्यु भएको छ।

ना६ख ७६८७ नंको बसले आज बिहान २ः४० बजे भरतपुर महानगरपालिका-१ आँपटारीमा गोरखाका रोशन अधिकारीलाई ठक्कर दिएको हो।

गोरखाको पालुङटार नगरपालिका-१३ का बासिन्दा २७ वर्षीय अधिकारीलाई सडकमा हिँडिरहेका बेला बसले ठक्कर दिएको र घटनास्थलमै उनको मृत्यु भएको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अधिकारीलाई ठक्कर दिई भागेको बसलाई प्रहरीले मकवानपुरमा नियन्त्रणमा लिएको छ।

अधिकारीको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको चितवन जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad