छापा खबर


अब अरुको नामको सिमकार्ड प्रयोग गर्न नपाइने

अब अरुको नामको सिमकार्ड प्रयोग गर्न नपाइने

नेपालखबर
भदौ १९, २०७६ बिहिबार ०:०,

अब अरुका नाममा भएको सिमकार्ड प्रयोग गर्न नमिल्ने भएको छ।

जसले प्रयोग गरिरहेको हो, उसैको नाममा सिमकार्ड दर्ता गर्न बाध्यकारी गर्ने नेपाल दूरसंचार प्राधिकरणको तयारी छ।

यो खबर आजको कान्तिपुर दैनिकमा विजय तिमल्सिनाले लेखेका छन्।

प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जारी भएका सबै सिम सम्बन्धित प्रयोगकर्ताकै नाममा आगामी तीन महिनाभित्र दर्ता गरिसक्ने योजना बनाएको बताए।

‘केही दिनमै हामी मोवाइल सेवा प्रदायकमार्फत् सबै प्रयोगकर्तालाई अरुका नाममा भएको सिमकार्ड प्रयोग गरिरहेको भए आफ्ना नाममा ल्याउन म्यासेजमार्फत खबर गर्छौं,’ उनले भने।

तोकिएको समयमा पनि आफ्ना नाममा सिम दर्ता नगर्नेलाई के गर्ने भन्ने निर्णय भने भइनसकेको उनले बताए।

प्राधिकरणको तथ्यांकअनुसार नेपाल टेलिकमबाट असारसम्ममा २ करोड २ लाख सिमकार्ड जारी भएका छन् भने एनसेलले एक करोड ६६ लाख सिमकार्ड जारी गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad