छापा खबर


जन्डिसको उपचार गर्छु भन्दै धामीले पेट चिरिदिँदा बिरामीको मृत्यु

जन्डिसको उपचार गर्छु भन्दै धामीले पेट चिरिदिँदा बिरामीको मृत्यु

नेपालखबर
भदौ ३१, २०७६ मंगलबार ०:४६,

मुखैले चुसेर कमलपित्तको विकास निकाल्ने बहानामा पेट चिरेका ३९ वर्षीय बिरामी राजु मगरको सोमबार मृत्यु भएको छ। यो धादिङको खबर हो।

पेट चिरेर निको नभएका राजु अशक्त भएपछि भदौ २५ मा जिल्ला अस्पताल धादिङमा भर्ना गरिएको थियो।

दुई महिनादेखि जन्डिसले थलिएका राजुलाई सदरमुकाममै बसेर आफूलाई महायान लामा झाँक्री बताउने गजबहादुर लामाले पेटको जन्डिस चुसेरै निकालिदिन्छु भन्दै बिरामीलाई घरमा बोलाएर ब्लेडले पेट चिरेका थिए। यो खबर आजको कान्तिपुरमा छापिएको छ। पेट चिरेर विकार निकालेबापत ८ हजार रुपैयाँ पनि उनले असुलेका थिए।

झाँक्रीले पेटमा प्वाल खोपिदिएकाले अवस्था झनै जटिल भएपछि उनलाई उपचारका लागि काठमाडौं ल्याइएको थियो। तर काठमाडौं नयाँ बजारस्थित पिपुल मेडिकल कलेजले अरूले बनाइदिएको घाउ आफूले नहेर्ने भन्दै पेटमा जमेको पानी निकालिदिएर फिर्ता गरिदिएको थियो। लामाविरुद्ध परिवारजनले जिल्ला प्रहरीमा उजुरी दर्ता गराएका छन्। हाल उनी फरार छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad