बझाङका मुकेशराज जोशीले सबैभन्दा धेरै समय लगातार पढेर विश्व कीर्तिमान कायम गरेका छन्।
जयपृथ्वी नगरपालिका–८ जोशीगाँउका मुकेशराज जोशीले लगातार १ सय २४ घण्टा ३० मिनेट किताब पढेर विश्व कीर्तिमान गरेका हुन्।
६ दिन पाँच रात लगातार किताब पढेर उनले विश्व कीर्तिमान राखे। गिनिज इभेन्टको आयोजनामा उनले साउन ५ गते बिहान ११ ३० बजे देखि पढ्न शुरु गरेको उनले बताए। यो खबर आजको राजधानी दैनिकमा डीबी विष्टले लेखेका हुन्।
१ सय २४ घण्टा ३० मिनेटसम्म जोशीले इतिहास, विभिन्न बिभिन्न प्रख्यात व्यक्तिहरूको जीवनी तथा अन्य किताबहरू पढेको बताए। यसभन्दा अगाडि यो विधामा नेपालकै दीपक शर्माले १ सय १३ घण्टासम्म पढेर सन् २००८ मा गिनिज बुकमा नाम लेखाएका थिए।
यस्तै नाइजेरियाका एक व्यक्तिले सन् २०१९ को अप्रिलतिर १ सय २० घण्टा पढेको बताइएको छ। उनको नाम गिनीज बुकमा अहिलेसम्म लेखिएको छैन तर लेखिने तयारी रहेको बताइन्छ।
को हुन् जोशी?
बुबा परशुराम र आमा जालदेवी जोशीका कान्छा छोरा मुकेशको जन्म २०५४ मैसिर १७ गते भएको हो। उनले कक्षा १० सम्म जालपा मावि र प्लस टु सत्यबादीबाट अध्ययन गरेका हुन्।
विपन्न परिवारमा हुर्केका जोशीलाई सानैदेखी सरकारी जगिर खाने ठूलो धोका थियो। उनी त्यही दौरानमा काठमाडौंमा लोकसेवाको तयारी थाले । घरको आर्थिक अवस्था कमजोर भएका कारण उनले काठमाडौंको रोयल क्यासीनोमा काम गर्दै अध्ययनलाई समेत निरन्तरता दिए। उनका बुवाको मानसिक सन्तुलन ठिक छैन।
उनी जन्मनुभन्दा अघि नै उनका बुवाको मानसिक सुन्तुलन बिग्रिएको थियो । जेठी दिदी गायत्री र मुकेशको पालन पोषण गर्ने जिम्मा उनकी आमाको काँधमा थियो । पाखो जमिन भएका कारण उब्जनी राम्रो नहुने र मजदुरी गरि खानुपर्ने भएका कारण जेनतेन उनकी आमाले छोराछोरीको पढाई खर्च र पालन पोषणमा कमी हुन दिइनन्।
उनको गाँउमा धेरैजसो ब्यक्तीहरु पढेलेखेका र केहीले सरकारी जागिर समेत खाएका कारण उनी पनी त्यही जागिर खाने सोच बनाएर काठमाडौं छिरेको मुकेशले बताए।
लोकसेवा आयोगका विभिन्न किताबहरु पढ्दै जाँदा उनले गिनीज बुकमा लगातार १ सय १३ घण्टा अध्ययन गरेर नाम लेखाएको प्रश्न भेटाए। सोही प्रश्नबाट मुकेशको दिमागमा समेत आफूले १ सय २५ घण्टा लगातार पढेर विश्व कीर्तिमान राख्ने सपना देखे र उनले धेरै लोकसेवा आयोगका किताहरु समेत पढ्दै गए। धेरै पटक उनले आयोगको पहिलो पेपरमा समेत नाम निकाल्न सफल रहे। पछि गएर लोक सेवा भन्दा पनी त्यही सपनालाई साकार पार्ने सोच बनाएर दृढताका लागि परेका थिए।
यसका लागि उनका काका न्यायाधीश केशवराज जोशी, जकराज जोशी केएमसी कलेज काठमान्डौका नेता ऐन महर, रोयल क्यासिनो, सिईडिईपि लगायत धेरैले उनलाई सहयोग समेत गरे। उनी अहिले सुदुरपश्चिम प्रदेशलाई मात्र नभएर नेपाललाई नै चिनाउन सफल बनेका छन् । उनलाई भेटेर पूर्व उपप्रधानमन्त्री भीम रावलले समेत सुदुरपश्चिम प्रदेशको मात्रै नाम नराखेर सिंगो नेपालको नाम राख्न सफल भएका भन्दै बधाई पनि दिए।

प्रतिक्रिया