तिहार भित्रिसकेको छ। आज बिहानै काग तिहार मनाइयो भने आजै कुकुर तिहार पनि हो।
यसपटक तिथिका कारण एकै दिन काग र कुकुर तिहार परेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ।
यो पनि : आज एकै दिन काग र कुकुर तिहार
अब भोलि बिहीबार लक्ष्मी पूजा मनाइनेछ। पर्सि अर्थात् शुक्रबार भने तिहारको मुख्य दिन भाइटीका मनाइनेछ।
झिलिमिली बत्तीको पर्व तिहारमा फूलको प्रयोग पनि व्यापक हुने गर्छ। यसैले तिहार आएपछि फूलको व्यापार पनि बढ्छ।
यसैकारण फूलखेती गरिरहेका किसान यतिबेला फूल टिप्ने, माला गाँस्ने र बजारमा बेच्ने काममा व्यस्त छन्।
यसै सन्दर्भमा काठमाडौं उपत्यकामा फूलखेतीका लागि प्रख्यात् इचंगुनारायण क्षेत्रका केही दृश्य :
63
Shares
प्रतिक्रिया