सहरी सौन्दर्य बचाउन काठमाडौं महानगरपालिकाले पछिल्लो समय डिजिटल होर्डिङ बोर्ड अभियान चलाएको छ।
कुनै समय जथाभावी राखिएका होर्डिङ बोर्ड हटाएपछि अहिले सहरका अग्ला घर र मुख्य चोकहरू अहिले डिजिटल होर्डिङ बोर्डले रंगिन थालेका छन्।
काठमाडौं महानगरपालिकाले तीन वर्षअघिदेखि सहरका सबै सार्वजनिक स्थानमा डिजिटल होर्डिङ बोर्ड अभियान थालेको हो।
उपत्यकाका गल्ली, घरका छत, पुल, बिजुलीका पोल र अन्य सार्वजनिक स्थानका भित्तामा अहिले पुराना होर्डिङ बोर्ड थोरै मात्र देखिन्छन्। तिनलाई डिजिटल होर्डिङ बोर्डले विस्थापित गर्ने क्रम बढेको छ।
आर्थिक वर्ष २०७५/०७६ देखि होर्डिङ बोर्डलाई डिजिटल प्रणालीमा लान थालिएको हो। डिजिटल होर्डिङ बोर्ड आएसँगै बिजुलीका पोलसहितमा राखिएका पुराना होर्डिङ बोर्ड, पर्चा, पम्प्लेट हटाइँदैछ।
महानगरपालिकाले मापदण्डविपरीत डिजिटल होर्डिङ बोर्ड पनि राख्न नपाइने नियम ल्याएको छ।
अहिले काठमाडौंको रत्नपार्क, जमल, थापाथली, त्रिपुरेश्वर, कालिमाटी, न्युरोड, कलङ्की, चक्रपथ, बानेश्वर, कोटेश्वरसहितमा डिजिटल होर्डिङ बोर्ड देख्न सकिन्छ। तर सबै स्थानबाट अझै पनि पुराना होर्डिङ बोर्ड हटिसकेका छैनन्।













Shares

प्रतिक्रिया