फोटोफिचर


'परदेश'को यात्रा सकेर फर्किए माधवनारायण (फोटो फिचर)


विक्रम राई
फागुन १, २०७८ आइतबार १७:२, काठमाडौँ

काठमाडौं :  स्वस्थानी व्रत सुरु भएयता साली नदीमा भक्तजनको निरन्तर भीड लागेको छ। कोरोना महामारीबीच हरेक दिन बिहानै साँखु पुगेर माधव नारायणको दर्शन चलिरहेको थियो। 

स्वस्थानी सुरु भएदेखि नै माधव नारायण 'परदेश'को यात्रामा थिए। तर माधव नारायणको परदेशको यात्रा अब सकिएको छ। 

साँखु देशबाट परदेश हिँडेका माधव नारायण अब फर्किएका छन्। आइतवार माधव नारायणका तीर्थालु चाँगुनारायण नजिकै पुगेर स्नान गरे। 

साँखुमा हुँदै परदेश यात्रामा निस्केका माधव नारायणका व्रतालु  पैदलै हिँडेर पशुपति हुँदै फर्पिङसम्म पुगेका थिए। 

फर्पिङबाट फर्किएका माधव नारायणका तीर्थालुले आइतवार साँखुबाट चाँगुनारायण पुगेर स्नान गरेका हुन्। 

उनीहरुले चाँगुनारायणमुनिको जंगलमा कृत्रिम पोखरी बनाएर पूजा र स्नान गरेका छन्। परदेश यात्रा साँखुको साली नदीबाट सुरु भएर पशुपति, फर्पिङ हुँदै चाँगुनारायण पुगेर फेरि साँखुमै आएर टुंगिन्छ।

परदेश यात्राका सहभागीहरुले चिउरा, सुन्तला, घ्यू, चाकु, रातो मुला र अदुवा आफैँले लिएर हिँड्नुपर्ने नियम बनाइएको हुन्छ।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .