ad ad

फोटोफिचर


विरोधको अनौठो शैली : सडकमै संसद, सडकमै नाराबाजी (तस्बिरहरु)


विक्रम राई
फागुन ३, २०७८ मंगलबार १७:३१, काठमाडौँ

प्रमुख प्रतिपक्षी नेकपा एमालेनिकट राष्ट्रिय युवा संघले मंगलबार अनौठो शैलीमा विरोध प्रदर्शन गर्यो।

एमालेले कारबाही गरेका सांसदबारेको सूचना नटाँसेको भन्दै सभामुख अग्निप्रसाद सापकोटाको विरोधमा युवा संघले नयाँ बानेश्वरस्थित सडकमै नमूना संसद बनाएर विरोध जनाएको हो। 

संघले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि लगाइएको महाअभियोगविरूद्ध सडकमै संसद खडा गरेर रचनात्मक विरोध प्रदर्शन गरेको हो।

प्रदर्शनका क्रममा युवा संघका कार्यकर्ताहरूले संसदीय मर्यादा उल्लंघन गर्ने सभामुख सापकोटाले राजीनामा दिनुपर्ने भन्दै नाराबाजी गरे। 

उनीहरुले पार्टी फुटाउन पाइँदैन, सभामुख राजीनामा दे जस्ता नाराबाजी गरेका छन्। युवा संघले केही दिनयता सरकारविरुद्ध निरन्तर प्रदर्शन गर्दै आएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .