ad ad

फोटोफिचर


यसरी छानिँदैछन् म्यादी प्रहरी (तस्बिरहरु)


विक्रम राई
चैत १६, २०७८ बुधबार १३:५०, काठमाडौँ

आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि देशका ७७ वटै जिल्लामा म्यादी प्रहरी छानिँदैछ।

अहिले महानगरीय प्रहरी परिसर काठमाडौं, ललितपुर र भक्तपुर तीनै जिल्लाले धमाधम म्यादी प्रहरी छानिरहेको छ।

ललितपुर प्रहरी परिसरमा शारीरिक अभ्यासदेखि स्वास्थ्य परीक्षणसम्मका काम अहिले भइरहेका छन्। 

म्यादी प्रहरीमा भर्ना हुन देशभरबाट २ लाख ९३ हजार ३ सय १४ जनाको आवेदन परेको थियो। आवेदन दिनेमा ६९ हजार ६ सय ८० जना महिला, २ लाख २३ हजार ६ सय ३२ जना पुरुष र २ जना लैंगिक अल्पसंख्यक छन्।

चैत १५ गतेदेखि २२ गतेसम्म उनीहरुको छनोट गरिसक्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ। सुरुमा स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्तीको परीक्षा भइरहेको छ। त्यसमा पास हुनेहरु अरु परीक्षामा सहभागी हुन पाउने छन्। 

शारीरिक तन्दुरुस्ती परीक्षामा महिला र पुरुषका लागि छुट्टा छुट्टै मापदण्ड छ। उमेर समूहअनुसार पनि फरक मापदण्ड छ। १८ वर्षदेखि ३९ वर्षसम्मका पुरुषले १ किलोमिटर दौड ५ मिनेटमा पुरा गर्नु पर्ने छ भने यही उमेर समूहका महिलाले ७ मिनेटमा पुरा गर्नुपर्नेछ। ४० वर्षमाथिका पुरुषले १० मिनेटमा र महिलाले १२ मिनेटमा पुरा गर्नुपर्ने छ। 

सेटअप ३९ वर्षमुनिका पुरुषले १० पटक र महिलाले ५ पटक गर्नु पर्नेछ। ४० वर्षमाथिका पुरुषले ५ पटक र महिलाले ४ पटक सेटअप गर्नुपर्नेछ। 

पुसअप ४० वर्षमुनिका पुरुषले १० पटक र महिलाले ५ पटक गर्नु पर्ने मापदण्ड तय भएको छ। ४० वर्षमाथिका पुरुषले ५ र महिलाले ४ पटक गर्नु पर्ने मापदण्ड बनाइएको छ। 

शारीरिक परीक्षाका यी मापदण्ड पुरा गर्नेले लिखित परीक्षामा सहभागी हुन पाउने छन्। लिखित परीक्षामा पास हुनेले अन्तर्वार्ता दिनु पर्नेछ। त्यसपछि अन्तिम नतिजा चैत २२ गते सार्वजनिक हुने छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .