ad ad

फोटोफिचर


सेनाले यसरी मनायो घोडेजात्रा (फोटो फिचर)


विक्रम राई
चैत १८, २०७८ शुक्रबार १८:३६, काठमाडौँ

नेपाली सेनाले राजधानीको टुँडिखेलमा घोडेजात्रा पर्व एक समारोहबीच मनाएको छ। 

प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्वमा सेनाले विशेष प्रदर्शनी गरेको छ। 

नेपाली सेनाले टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शनी गरेको छ।

त्यस अवसरमा ​राष्ट्रपति विद्यादेवी भण्डारी पनि उपस्थिति थिइन्।

राष्ट्रपति भण्डारीलाई नेपाली सेनाका एक टुकडीले सलामी अर्पण गरेको थियो।

जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेको थियो।

राक्षसबाट पीडित स्थानीयवासीले विभिन्न उपाय लगाएर सम्हार गरेको किंवदन्ती प्रचलित छ।

तर पनि राक्षसको प्रेतात्मा फेरि जागा भइ बालबालिकालाई अनिष्ट गर्नसक्ने भय स्थानीयवासीमा रहिरहेकोले प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरूमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने प्रचलन रहेको छ।

आजकै दिन ललितपुरमा पनि एउटा कानो घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा छ।

घोडेजात्राको दिन उपत्यकामा सार्वजनिक बिदा दिने गरिएको छ। तर निजी विद्यालयहरूले बिदा दिएनन्। 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .