काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका युवा बालेन साहले मतदाता फकाउने अभियान तीव्र बनाएका छन्।
नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारलाई राम्रै चुनौती दिने आकलन गरिएका बालेनले काठमाडौंका टोलटोलमा पुगेर भोट मागिरहेका छन्।
एमालेका केशव स्थापित र कांग्रेसकी सिर्जन सिंहले जस्तै युवाहरु र कार्यकर्ता अघिपछि लगाएर बालेन घरदैलो अभियानमा लागेका छन्।
स्वतन्त्र उठेपछि लौरो चुनाव चिह्न पाएका उनले यसअघि आफूले काठमाडौंमा ९० हजार भोट ल्याएर जित्ने दाबी गरिरहेका छन्।
228
Shares
प्रतिक्रिया