अखिल नेपाल फुटबल संघ (एन्फा)को आगामी चार वर्षको कार्यकालका लागि सोमबार त्रिपक्षीय भिडन्त हुँदै छ। काठमाडौंमा जारी जारी साधारण सभाले आगामी चार वर्षको लागि नयाँ नेतृत्व चयन गर्नेछ।
एन्फाको आगामी ४ वर्षको कार्यकालका लागि वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङ प्यानलसहित चुनावी मैदानमा छन्। अध्यक्षका अर्का प्रत्याशी फ्रेन्ड्स क्लबका पूर्वअध्यक्ष राजीव राज पौड्याल भने एक्लै चुनावी मैदानमा छन्। चुनावी साधारणसभाको बन्द सत्र जारी छ। मतदान प्रक्रिया भने दिउँसो २ बजेबाट सुरु हुनेछ।
साधारणसभाले १ अध्यक्ष, १ वरिष्ठ उपाध्यक्ष, ४ उपाध्यक्ष र २ महिलासहित १५ सदस्य छान्नेछ।
105
Shares
प्रतिक्रिया