प्रत्येक वर्ष नेपाल राष्ट्र बैंकले दशैँको लागि सर्वसाधारणलाई नयाँ नोट साट्न दिन्छ। यस वर्ष पनि सर्वसाधारणले नयाँ नोट सटही सुविधा पाइसकेका छन्।
दशैँ तिहारमा टीका लगाएर दक्षिणा दिने चलन भएकाले अधिकांश सर्वसाधारणले नयाँ नोट सटही गर्छन्।
बिहीबारदेखि नै बैंक तथा वित्तीय संस्थालाई नयाँ नोट दिएको राष्ट्र बैंकले आइतबारदेखि सर्वसाधारणलाई पनि नयाँ नोट वितरण गरेको हो।
राष्ट्र बैंक कार्यालय बालुवाटारबाट नयाँ नोट वितरण सुरु गरेको हो। अन्य स्थानबाट समेत नयाँ नोट वितरण गर्ने तयारी राष्ट्र बैंकले गरेको छ।
राष्ट्र बैंकले प्रतिव्यक्ति १८ हजार ५ सय अधिकतम वितरण गरेको हो। जसमा ५, १०, २०, ५०, १०० दरका नोट समावेश छ। राष्ट्र बैंकले १० अर्ब रुपैयाँ नयाँ नोट बजारमा पठाउँदै छ।
183
Shares
प्रतिक्रिया