ad ad

फोटोफिचर


साफ च्याम्पियनसिप : नेपाल र भारत भिड्दा यस्तो देखियो रंगशालामा दर्शकको क्रेज (फोटोफिचर)


सरोज बैजु
भदौ ३१, २०७९ शुक्रबार १९:१०, काठमाडौँ

साफ महिला च्याम्पियनसिप फुटबलको सेमिफाइनल जारी छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा नेपालले पहिलो गोल गरिसकेको छ। 

घरेलु मैदानमा भएको यो खेल हेर्नका लागि दर्शकहरुको उल्लेख्य उपस्थिति छ। 

दशरथ रंगशालामा जारी खेलमा नेपालका लाति रश्मि कुमारी घिसिङले पहिलो गोल गरेपछि नेपालका समर्थकहरु झनै उत्साहित भएका छन्। 

यसअघि सन् २०१६ मा भएको हारको बदला लिने योजनामा नेपालको खेल छ। 

साफको पाँचौ संस्करणमध्ये ४ वटा संस्करणमा नेपाल फाइनलमा पुगेको थियो। नेपाल चारै संस्करणको उपविजेता हो।

सन् २०१६ मा भएको सेमिफाइनल खेलमा नेपाल भारतसँग पराजित हुँदै उपाधि होडबाट टाढा भएको थियो। यही हिसाबमा पनि नेपालको लागि इतिहास बनाउने मौका छ। नेपालका लागि आजको खेल एक अवसरका रुपमा पनि रहेको छ।

हेर्नुहोस् नेपाल र भारतको खेल चल्दैगर्दा रंगशालामा देखिएको क्रेजः

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .