ad ad

कारोबार


रोयल इनफिल्ड ‘वान राइड २०२२’ असोज २ गते

रोयल इनफिल्ड ‘वान राइड २०२२’ असोज २ गते

नेपालखबर
भदौ ३१, २०७९ शुक्रबार १९:२१, काठमाडौँ

विश्वको पुरानो मोटरसाइकल कम्पनी ‘रोयल इनफिल्ड’का लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले ‘वान राइड २०२२’ कार्यक्रम आयोजन गर्ने भएको छ।

कम्पनीका अनुसार रोयल इनफिल्ड मोटरसाइकलका ग्राहकहरुले अनलाइन फर्म भरेर यो राइडमा सहभागी हुन सक्नेछन्। 

वान राइड विश्वभर एकै दिन आयोजना गरिन्छ। यस पटक को राइडको नारा ‘वान वर्ल्ड, वान मिसन,वान राइड’ रहेको छ।

कार्यक्रम यही असोज २ गते हुनेछ। विहान ६ बजे कमलपोखरी सिटी सेन्टरबाट सुरु हुने यो राइड चित्लाङ पुगेर बेलुका ६ बजे सिटी सेन्टरमा नै पुगेर समापन गरिने छ।

यो राइड कार्यक्रममा सडक सुरक्षाका बारेमा जनचेतना जोगाउँदै, विभिन्न मनोरन्जनात्कम खेल तथा सीएसआर का कार्यहरुसमेत हुनेछ।

सीएसआरको कार्यक्रम अनुरुप चित्लाङमा रहेको ‘श्री कालीदेवी आधारभूत विद्यालय’ का विद्यार्थीहरुलाई स्कुल ब्याग वितरण गरिने छ। चित्लाङका वडाअध्यक्षको र विद्यालयका प्रधनाधापक समेतको संलग्नता रहने छ।

वान राइडको पहिलो संस्करण २०११ मा आयोजना गरिएको थियो। विश्वभरका सबै रोयल इनफिल्डका ग्राहकहरुलाई एकै ठाउँमा ल्याउने उद्देश्यले यो राइड आयोजना गर्न थालिएको हो।

यसरी शुरु गरिएको राइड विश्वमा दुईपांग्रे सवारीको सबैभन्दा ठूलो राइडमा गणना हुन थालेको कम्पनीको दाबी छ। वार्षिक रुपमा रोयल इनफिल्डको समुदायमा सबभन्दा ठूलो कार्यक्रम मानिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .