ad ad

फोटोफिचर


प्रदेशबाट संघमा फड्को मारेका विराजभक्त (तस्बिरहरु)


सरोज बैजु
मंसिर ७, २०७९ बुधबार १५:११, काठमाडौँ

काठमाडौं क्षेत्र नं. ८ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ विजयी भएका छन्। 

घण्टी चुनाव चिह्नबाट लिएका उनी १० हजार १०५ मतसहित विजयी भएका हुन्।

उनीसँग हाम्रो नेपाली पार्टीका उम्मेदवार सुमन सायमी पराजित भएका। सायमी ४ हजार २ सय १६ मतान्तरले पराजित भए। उनले ५ हजार ८ सय ८९ मत मात्र पाए।

विजयी भएपछि उनी धन्यवाद दिन मतदातामाझ पुगिसकेका छन्। उनी पुरातात्विक महत्वका क्षेत्रमा पनि पुगेका छन्।

प्रतिनिधिसभा सदस्यमा विजयी उनी २०७४ मा विवेकशील साझा पार्टीमा थिए। २०७४ को निर्वाचनअघि उनी स्वर्गीय उज्ज्वल थापासँगै विवेकशील साझा अभियानमा थिए। 

२०७२ सालको महाभूकम्पपछि उनी राहत र उद्धार अभियानमा पनि लागे। उनले राहत संकलन, वितरण र उद्धार अभियान चलाए। त्यससँगै उनी मुस्ताङ र बर्दिबाससम्म पुगेर स्वास्थ्य शिविरमा जुटेका थिए। 

उनी २०७४ मा समानुपातिकाबाट बागमती प्रदेशसभा सदस्य भएका थिए। उनी बागमती प्रदेशमा रहँदा नेपाल र तामाङ भाषालाई त्यहाँको कामकाजको भाषा बनाउन पनि सक्रिय रहे। 

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले गुठी विधेयक सदनमा पेश गरेपछि उनी पनि आन्दोलित भएका थिए। उनले सडकसँगै प्रदेश सभाबाट पनि विरोधको स्वर उठाएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .