तेस्रो पटक उद्घाटन गरिएको मेलम्ची खानेपानी आयोजनाको पानी उपभोक्ताका घरमा पठाउँदा ठाउँ ठाउँमा पाइप फुटेका छन्।
मेलम्ची खानेपानी आयोजनाले राम्ररी पाइप परीक्षण नगरी पानी पठाउँदा काठमाडौंका कयौँ ठाउँमा पाइप फुटेर सडक जलमग्न भएका छन्।
काठमाडौंका लैनचौर र नारायणहिटी क्षेत्रका केही स्थान र सडक पूरै डुबानमा परेका छन्। नारायणहिटीको पुरानो राहदानी विभाग क्षेत्र जलमग्न भएको छ।
त्यसैगरी लैनचौर चोकमा पाइप फुटेपछि निस्किएको पानी त्रिदेवी मार्गसम्म पुगेको छ।
पानीले जताततै सडक अस्तव्यस्त भएपछि सवारीसाधन चालहरुले हर्न बजाएर विरोध जनाएका छन्। पाइप फुटेर जलमग्न हुँदा सवारीसाधन चलाउन पनि मुस्किल भएको छ।
मंसिर २६, २०७९, साेमबार
126
Shares
प्रतिक्रिया