ad ad

फोटोफिचर


काठमाडौंमा अचानक पानी परेपछि... (तस्बिरहरु)


सरोज बैजु
फागुन १४, २०७९ आइतबार १८:१०, काठमाडौँ

राजधानी काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा पानी परेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आइतवार दिउँसो देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भएको जनाएको छ।

अचानक पानी परेपछि काठमाडौं उपत्यकाका पैदल यात्री दुई पांग्रे सवारी चालक भिज्न पुगेका थिए।

लामो समयपछि पानी पर्दा किसानहरुलाई भने राहत भएको छ। 

पश्चिमी वायुको प्रभावले वर्षा गराएको महाशाखाका मौसमविद् सञ्जिव अधिकारीले जानकारी दिए।

उनका अनुसार पछिल्लो एक घन्टामा बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भएको छ।

अहिले काठमाडौँमा कीर्तिपुर, सिनामङ्गल, रत्नपार्क, माइतीघरलगायत क्षेत्रमा हल्का वर्षा भइरहेको छ । भक्तपुरमा ८ दशमलव ४ र कीर्तिपुरमा ७ मिलिमिटर वर्षा मापन गरिएको मौसमविद् अधिकारीले उल्लेख गरे।

काठमाडौँ उपत्यकाका केही स्थानमा अहिले पनि हल्का वर्षा भइरहेको छ।

सबैभन्दा बढी धादिङको धुनिबेँसीमा १२ मिलिमिटर वर्षा भएको छ।

सुदूरपश्चिम र गण्डकी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भएको छ।

अबको एक/दुई घन्टामा मौसम सुधार आउने र आज रातिको समयमा पनि वर्षा नहुने महाशाखाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .