ad ad

समाज


पल शाहलाई उच्च अदालतले दियो सफाइ, भोलि जेलमुक्त हुने

पल शाहलाई उच्च अदालतले दियो सफाइ, भोलि जेलमुक्त हुने

फाइल तस्बिर


नेपालखबर
फागुन १४, २०७९ आइतबार १८:२९, काठमाडौँ

बाल यौन दूरुपयोगको मुद्दामा दोषी ठहर हुँदै कारगारमा रहेका अभिनेता पल शाहले उच्च अदालत पोखराबाट सफाइ पाएका छन्। 

यससँगै उनी भोलि नै तनहुँ कारागारबाट छुट्ने पलका वकिल कमलामोहन वाग्लेले बताएका छन्। 

उच्च अदालतका न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासबाट उनले सफाइ पाएका हुन्। 

उच्च अदालतले सफाइ दिएको पत्र नवलपुर जिल्ला अदालतलाई पठाउनेछ। त्यसपछि जिल्ला अदालतले कारागारलाई पत्र लेखेपछि उनी जेलमुक्त हुनेछन्।

उच्च अदालत पोखराका रजिस्ट्रार श्रीलाल पौडेलले पनि पललाई सफाइ मिलेको जानकारी दिए।

तनहुँको मुद्दामा जिल्लाबाटै पलले सफाइ पाइसकेका छन्। पौडेलका अनुसार त्यसउपर सरकारी वकिलले अपिल गरिसकेका छैनन्।

जिल्ला अदालतको आदेशविरुद्ध पल उच्च अदालत गएका थिए। आइतवार सुनुवाइ सकिएसँगै उच्च अदालतले पलको मुद्दामा अभियोग दाबी नपुग्ने ठहर गरेको हो। 

जिल्ला अदालत नवलपुरले जबरजस्ती करणीको मुद्दामा पल शाहलाई सफाइ दिएको थियो। तर बाल यौन दुरुपयोग गरेको ठहर गर्दै उनलाई साढे २ वर्ष कैदको फैसला गरेपछि त्यसविरुद्ध पल उच्च अदालत गएका थिए।

पलले आफूलाई सफाइ दिन माग गरेका थिए।

यस्तै, सरकारी वकिल कार्यालयले भने पललाई जबरजस्ती करणीको मुद्दामा सफाइ दिन नमिल्ने दाबी गर्दै पुनरावेदन गरेको थियो।

दुवै पक्षको पुनरावेदनपछि उच्च अदालतले आज फैसला गरेको हो। उच्चले पललाई सफाइ दिएपछि उनी छुट्न लागेका हुन्। 

२०७८ फागुन ११ गते पलविरुद्ध सुरुमा जिल्ला अदालत तनहुँमा जाहेरी परेको थियो।

त्यसको चार दिनपछि जिल्ला प्रहरी कार्यालय तनहुँमा पल शाहले आत्मसमर्पण गरेका थिए।

पछि नवलपुर जिल्लामा पनि जाहेरी परेको थियो। तर ती दुवै अदातलमा पछि गएर पीडित भनिएकी नाबालिग गायिका होस्टायल भएकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .