विद्यार्थी संगठनहरुको जुहारी र विवादका कारण स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका दिन राजधानीको त्रिचन्द्र कलेजमा ताला लागेको छ।
त्यहाँ विभिन्न संगठनका विद्यार्थीहरुले तालाबन्दी गरेका छन्।
नेपाली कांग्रेसनिकट नेविसंघ र नेकपा एमालेनिकट अनेरास्ववियुबीचको जुहारीका कारण आइतवार त्रिचन्द्रमा स्ववियु निर्वाचन नै हुन सकेन।
विद्यार्थी राजनीतिको एउटा केन्द्र त्रिचन्द्रमा आइतवार नेपालखबरकर्मी पुग्दा सुनसान देखिन्थ्यो। बरु विद्यार्थी संगठनहरुले टाँगेका विरोधका ब्यान र पोस्टर पर्खालभरी देखिए।
अनेरास्ववियु नेविसंघमाथि फर्जी विद्यार्थी भर्ना गरेको आरोप पनि लगाएको छ।
त्यस्तै नेविसंघले भने अनेरास्ववियुले चुनाव लड्नै डर मानेको आरोप लगाइरहेको छ।
चैत ५, २०७९, आइतबार
प्रतिक्रिया