ad ad

राजनीति


उपराष्ट्रपतिको शपथ सोमबार

उपराष्ट्रपतिको शपथ सोमबार

नवनिर्वाचित उपराष्ट्रपति रामसहाय प्रसाद यादव


नेपालखबर
चैत ५, २०७९ आइतबार १३:८, काठमाडौँ

नवनिर्वाचित उपराष्ट्रपति रामसहाय प्रसाद यादवले सोमबार पद तथा गोपनीयताको शपथ खाने भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सोमबार बिहान १० बजे राष्ट्रपति भवन शीतल निवासमा शपथ खाने कार्यक्रम तय भएको छ।

यादव यही चैत ३ मा उपराष्ट्रपति पदनमा निर्वाचित भएका थिए। निर्वाचनमा यादवले ३० हजार ३२८ मतभार प्राप्त गरेका थिए। निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यकाल यही चैत ४ मा सकिएको छ। 

निर्वाचन आयोगले राष्ट्रपति पौडेलसमक्ष उपराष्ट्रपति निर्वाचनको मत परिणामसहितको प्रतिवेदन आज बुझाउँदै छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .