ad ad

राजनीति


प्रचण्डलाई विश्वासको मत दिने रास्वपाको निर्णय, फेरि सरकारमा जान सक्ने

प्रचण्डलाई विश्वासको मत दिने रास्वपाको निर्णय, फेरि सरकारमा जान सक्ने

फाइल तस्बिर


नेपालखबर
चैत ५, २०७९ आइतबार १३:१०, काठमाडौँ

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ।

आइतवार पार्टी केन्द्रीय कार्यालय वसुन्धरामा पार्टी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको हो।

एक नेताका अनुसार सभापति लामिछानेले पछिल्लो राजनीतिक अवस्थाको विश्लेषण गर्दै अहिलेलाई प्रचण्डलाई विश्वासको मत दिएर जान उचित हुने बैठकमा बताएका थिए। 

सभापति रवि लामिछानेविरुद्धको राहदानी दुरुपयोगसम्बन्धी मुद्दा अघि नबढाउने चर्चाबीच रास्वपाको यस्तो निर्णय आएको हो।

यसअघि सांसददेखि मन्त्री पदसमेत गुमाएका सभापति लामिछाने वैशाख १० मा हुने उपनिर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट उठ्न तयार छन्।

यसअघि फागुन २५ मा नेपाली कांग्रेसका वरिष्ठ नेत रामचन्द्र पौडेलाई राष्ट्रपतिका लागि भोट दिएको रास्वपा प्रचण्डलाई पनि विश्वासको मत दिएर सरकारमा जाने तयारीमा लागेको हो।

सभापति लामिछानेले नागरिक मुद्दामा सबैथोक गुमाएपछि रास्वपाले गत माघ २२ गते सरकार छाड्ने निर्णय लिएको थियो। एक महिना १० दिनमै सरकार छाडेको रास्वपा फेरि कम्तीमा २ मन्त्रालय लिएर जाने तयारीमा लागेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .