मधेश प्रदेशका विभिन्न जिल्लाबाट आएका मिटरब्याजीपीडितहरु र नगर प्रहरीबीच काठमाडौंको खुलामञ्चमा घम्साघम्सी भएको छ।
करिब सय जनाको संख्यामा सोमबार दिउँसो खुलामञ्च क्षेत्रमा पुगेका मिटरब्याजीपीडितलाई नगर प्रहरीले रोकेका थिए।
खुलामञ्च छिर्ने गेटमा ताला लगाएर पहरा दिएका नगर प्रहरी र मिटरब्याजीपीडितबीच झडप हुँदा केहीबेर अवस्था तनावपूर्ण बनेको छ।
मिटरब्याजीपीडितले काठमाडौं आएर खुलामञ्चमा धर्ना दिन चाहेका थिए। तर काठमाडौं महानगरपालिकाका नगरप्रहरी प्रमुख एसपी राजु पाण्डेसहितको ठूलो टोलीले उनीहरुलाई रोकेको छ।
भिडिओ/फोटो
चैत १३, २०७९, साेमबार
प्रतिक्रिया