फोटोफिचर


नेपाली बजारमा भित्रियो हक्सभर्नाबाट उत्पादित कृषि उपकरण (तस्बिरहरू)


ध्रुव भट्टराई
चैत २५, २०७९ शनिबार २०:३, विराटनगर

बहुर्राष्ट्रिय कम्पनी हक्सभर्नाबाट उत्पादित कृषि उपकरण नेपाली बजारमा भित्रिएको छ। स्वीडेनमा रहेको हक्सभर्ना कम्पनीबाट उत्पादित कृषि उपकरण पूर्वाअचल ल्युव आयलले नेपालमा पहिलो पटक भित्र्याएर यसको बिक्रि सुरु गरेको हो। 

हक्सभर्ना कम्पनीका उत्पादित कृषि उपकरणको बिक्री वितरणको जिम्मा पाएको नेपालको आधिकारिक बिक्रेता पूर्वाअचल ल्युव आयलले  मोरङको सुन्दरहरैचमा शनिबार एक कार्यक्रमको आयोजना गरि सो कम्पनीबाट उत्पादित कृषि उपकरणको लन्च पनि गरेको छ।

पूर्वाअचल ल्युव आयलका कार्यकारी प्रमुख भोलेश्वर दुलालले लन्चपछि आयोजित कार्यक्रममा हक्सभर्ना कम्पनीले उत्पादन गरेको कृषि उपकरण बिक्री मात्र नभएर यसको नेपालबाट उत्पादन गरि विश्व बजारमा पठाउने योजना रहेको बताए।

छमुलुकको अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान २३.९ छ। यस्तो अवस्थामामा परम्परागतरूपमा खेती लगाउँदा समय धेरै लाग्छ”, दुलालले भने, ‘खेतीलाई सरल र सहज बनाउन बहुराष्ट्रिय कम्पनी बाट उत्पादित कृषि उपकरणले मद्दत पुग्नेछ। यसले समय कम लाग्छ। खर्च पनि कम हुन्छ।’ 

कृषिमा यान्त्रीकरण, व्यावसायीकरण र बजारीकरणमा मद्दत  पुग्नेगर्नुमा उनले जोड दिए। 

‘कृषिमा यान्त्रीकरण गर्नसके लागत घट्छ, मुनाफा बढ्छ’, दुलालले भने।

उनले अन्तर्राष्ट्रिय बजारमा मन्दी आइरहेको अहिलेको विषम परिस्थितिमापनि बजार प्रतिकुल भएपनि अनुकूल बनाउन सक्नु पर्ने भन्दै व्यवसायीहरुलाई हतोसाहित नहुनपनि आग्रह गरे। 

विशेषगरी बैकिङ क्षैत्रबाट ल्याएको ऋण गैर क्षेत्रमा लगानी गरेकाले  समस्यमा उत्पन्न भएको दुलालले  बताए।

पूर्वाअचल ल्युव आयलका मार्केटिङ प्रमुख विदुर कट्टेल कृषिमा यान्त्रीकरण गरी उत्पादन बढाउने र लागत घटाउने विश्वास रहेको बताए।

उनले स्वीडेनको हक्सभर्नासंगको सहकार्य कृषि क्षेत्रमा भित्राएका नया उपकरणको सहायताले कृषि जन्य उत्पादनमा नविनतम उपलब्धि हासिल हुने विश्वास व्यत्त गरे।

हक्सभर्ना कम्पनीका कृषि उपकरणहरु खेत जोत्ने, धान, मकै काटने गोड्ने लगायतका कृषि उपकरण रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .