फोटोफिचर


विद्युत् प्राधिकरणले मनायो वार्षिकोत्सव (तस्बिरहरू)


सरोज बैजु
भदौ १, २०८० शुक्रबार १२:४१, काठमाडौँ

नेपाल विद्युत् प्राधिकरण ३८ वर्ष पूरा गरी ३९ औँ वर्षमा प्रवेश गरेको छ। उक्त अवसरमा शुक्रबार काठमाडौंमा विशेष समारोह आयोजना गरेर वर्षिकोत्सव कार्यक्रम गरिएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उपस्थित रहेको कार्यक्रममा प्राधकिरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सम्बोधन गरेका छन्। 

उनले प्रधानमन्त्रीको निर्देशनअनुसार नै प्राधिकरणले सफलता हासिल गरेको बताए। 

उनले भने, ‘७ वर्ष अघिसम्म वर्षात्को समयमा पनि लोडसेडिङ हुने गरेको थियो। त्यस समयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचणडकै अगुवाइमा लोडसेडिङ अन्त्यतिर देश गएको थियो। अहिलेसम्म लोडसेडिङको समस्या छैन।’ 

२०७२/७३ सम्म आइपुग्दा घाटा रहेको प्राधिकरण निरन्तर नाफामा छ। कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार प्राधिकरणको नाफा आर्थिक वर्ष २०७७/७८ मा ६ अर्ब १० करोड रुपैयाँ थियो। 

लोडसेडिङको अन्त्य, भारतमा विद्युत् निर्यात तथा केही ठूला आयोजना अगाडि बढाइरहेको प्राधिकरणलाई यतिबेला  नियमित र गुणस्तरीय विद्युत् प्रवाह गर्नुपर्ने आवश्यकता छ।

पटक–पटक बिजुली काटिने समस्याका कारण उपभोक्ताले सास्ती पाइरहेका बेला प्राधिकरणले आज ३८औँ वार्षिकोत्सव मनाउँदैछ।

लगातार बढ्दै गएका ग्राहकलाई गुणस्तरीय र भरपर्दो विद्युत् सेवा उपलब्ध गराउनुपर्ने दायित्व तथा औद्योगिकीकरणमा जोड दिनुपर्ने आवश्यकताबीच प्राधिकरणले अझै जिम्मेवार भएर नयाँ योजना र कार्यक्रम अगाडि बढाउनुपर्नेछ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ  गुणस्तरीय र भरपर्दो विद्युत् सेवा प्रवाहका कारण वितरण प्रसारण प्रणालीको निर्माण, सबस्टेशनको निर्माण तथा आधुनिकीकरण प्रमख प्राथमिकतामा रहेको बताउँछन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .