फोटोफिचर


वडाअध्यक्ष रिजालको पार्थिव शरीरमा काठमाडौं महानगरको झन्डा (तस्बिरहरु)


सरोज बैजु
भदौ २१, २०८० बिहिबार १३:२७, काठमाडौँ

काठमाडौं महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको पार्थिव शरीर राष्ट्रिय सभागृहमा राखिएको छ। 

पशुपति आर्यघाटमा अन्त्येष्टि गर्नुअघि श्रद्धाञ्जलीका लागि उनको शव राष्ट्रिय सभागृहमा राखिएको हो। 

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ७ का सभापतिसमेत रहेका रिजालको  उपचारका क्रममा बिहीबार बिहान ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा निधन भएको थियो।

श्रद्धाञ्जलीका लागि उनको पार्थिव शरीर बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म राष्ट्रिय सभागृहमा राखेर आर्यघाट लगिँदैछ।

उनको पार्थिव शरीरमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह, उपप्रमुख सुनिता डंगोल, कांग्रेस महामन्त्री गगनकुमार थापा लगायत नेताहरुले श्रद्धाञ्जली दिए।

उनको पार्थिव शरीरमा काठमाडौं महानगरको झण्डा ओढाएर श्रद्धाञ्जली दिइएको छ। रिजालको आज बिहान साढे ७ बजे धापासीस्थित ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको थियो। रिजालको पार्थिव शरीरलाई दिउँसो साढे ३ बजे अन्त्येष्टि गरिँदैछ।

    प्रतिक्रिया

    नेपाल खबर प्रा.लि
    सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

    Nepal Khabar Pvt. Ltd.

    Blue Star Complex
    Thapathali-11, Kathmandu, Nepal
    +977 01 5340505 / 5341389
    Admin:[email protected]
    News:[email protected]

    विज्ञापनका लागि सम्पर्क


    +977 9851081116
    [email protected]
    Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .