नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङलाई केन्द्रीय कार्यालय च्यासलमा अन्तिम श्रद्धाञ्जली दिइँदैछ।
मंगलबार बिहान १ बजे निधन भएका उनको पार्थिव शरीर त्रिवि शिक्षण अस्पतालबाट च्यासल लगिएको हो।
अहिले उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीसहितले श्रद्धाञ्जली दिएका छन्। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पनि नेम्वाङलाई श्रद्धाञ्जली दिएकी छन्।
श्रद्धाञ्जली दिने क्रममा एमाले नेता र नेम्वाङका शुभचिन्तकहरु भक्कानिएका छन्।
63
Shares
प्रतिक्रिया