फोटोफिचर


क्यानको अधिवेशन सुरू, नयाँ नेतृत्व चयन हुँदै (तस्बिरहरू)


सरोज नेपाल
असोज ५, २०८० शुक्रबार १४:४, काठमाडौँ


नेपाल क्रिकेट संघ (क्यान) को  केन्द्रीय साधारणसभा तथा अधिवेशन सुरू भएको छ।

नयाँ नेतृत्व चयनका लागि काठमाडौंमा अधिवेशन भइरहेको छ।

अधिवेशनको कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले उद्घाटन गरे। उद्घाटनका क्रममा विभिन्न खेलाडीहरुलाई सम्मान गरिएको छ।

क्यानको अधिवेशनको उद्घाटन सत्रका क्रममा शुक्रबार नेपाली क्रिकेटका पहिलो ब्याचको टोलीका खेलाडीहरुलाई सम्मान गरिएको हो।

अधिवेशनअन्तर्गत शनिबार हुने निर्वाचनमा अध्यक्ष पदका लागि चतुरबहादुर चन्द र विनय राजभण्डारीबीच प्रतिस्पर्धा हुने भएको छ।

शुक्रबार नै निर्वाचन गर्ने तयारी भइरहेका बेला राजभण्डारीले उम्मेदवारी घोषणा गरेका हुन्। यससँगै चतुरबहादुर क्यानमा फेरि निर्विरोध हुने सम्भावना टरेको छ। अब चुनावबाट नयाँ नेतृत्वको टुंगो लाग्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .