ad ad

फोटोफिचर


कृषकले हराभरा बनाएका चीनका फाँट र भीरपाखा (तस्बिरहरू)


ज्ञानेन्द्र खड्का
कात्तिक ६, २०८० सोमबार ७:४, भाओसाङ, युन्नान (चीन)

चीनले पछिल्लो समय कृषि उपजको उत्पादनलाई बढाउँदै लगेको छ।

तीव्र आर्थिक विकाससँगै विश्वको दोस्रो ठूलो अर्थतन्त्र बनिसकेको चीनमा कृषिलाई पनि आक्रमक रुपमा विस्तार गरिएको हो।

ठूला ठूला सहरमा एकातर्फ व्यवस्थित बस्ती बसाइएको छ भने अर्कातिर विशाल फाँट र मैदानहरूमा सयौँथरी कृषि उपज रोपिएको छ।

पछिल्लो समय आर्थिक विकासमा तीव्र फड्को मारिरहेको युन्नान प्रान्तले कृषिउपजको खेती विस्तारलाई विशाल आकारमा फैल्याउँदै लगेको छ।

प्रान्तका ठूला खुनमिङ र भाओसानसहितका सहरसहित ग्रामीण क्षेत्रमा पनि अनेकथरी कृषिउपजको खेती गरिएको छ।

भाओसानबाट दक्षिणतर्फ नुचियाङ नदी किनार क्षेत्रमा चीनले विशाल फाँटहरु कृषि उपजले भरेको छ। जहाँ मकै, फलफूलदेखि अनेक थरी कफीको खेती गरिएको छ।

सम्म फाँटदेखि भिराला पठारहरूसमेत कृषिउपजले भरिएका छन्। डरलाग्दा भीरहरूबीचमा सुरुङमार्फत विशाल सडक बनाएको चीनले नेपालसँग जोडिने हिमालय पहाड क्षेत्रको उत्तरतर्फ पनि ठूलो मात्रामा खेती गरेको छ।

सम्बन्धित समाचार

चीनले खाद्यान्नमा आत्मनिर्भर हुँदै विश्वका कयौँ देशमा निर्यात गरिरहेको छ। चीनको सागसब्जी र कफीसहितका उत्पादन भियतनाम, दक्षिण कोरिया, अफ्रिका र ल्याटिन अमेरिकी मुलुकमा पनि पुग्ने गरेको छ।

सरकारले कृषिकर्ममा रमाउनहरूका लागि अनेक किसिमका सहुलियत दिएको छ। विषादी प्रयोग कमभन्दा कम परिमाणमा गर्ने गरी सरकारले सहुलियत कार्यक्रम ल्याएको छ।

कृषकका उत्पादन आन्तरिक बजारमा खपत गराउनेदेखि विश्वबजारसम्म पुर्‍याउने ग्यारेन्टी गरिदिएपछि युन्नानको ग्रामीण क्षेत्र खेतीपातीले हराभरा बनेका छन्।

६ देखि ८ लेनसम्मका ठूला सडकका दायाँबायाँ खेतीले भरिएको देखिन्छ। जमिनको उपयोगमा गम्भीर रहेको चीनले सकेसम्म सिँचाइ पुग्ने कुनै पनि जमीन खाली छाडेको छैन। सिँचाइका लागि केही ठाउँमा सोलार पम्पिङ र अन्य विकल्प पनि रोजिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .