ad ad

फोटोफिचर


‘नमेटिने घाउ’को मुहूर्त : ओलीको निर्देशनमा ‘एक्सन कट’ (तस्बिरहरू)


सरोज बैजु
माघ १४, २०८० आइतबार १४:४१, काठमाडौँ

सधैँ राजनीतिक कार्यक्रममा देखिने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार फरक मञ्चमा झुल्किए।

पूर्वप्रधानमन्त्री ओली काठमाडौंमा आयोजित एक फिल्मको शुभमुहूर्त समारोहमा सहभागी भए। जहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीसमेत थिए।

उनीहरूसँगै नेपाली चलचित्रका दिग्गज कलाकारको पनि जमघट थियो। चलचित्र ‘नमेटिने घाउ’को शुभमुहूर्तमा ओली र शाही मात्रै थिएनन् विभिन्न समयमा तेजाव आक्रमणको सामना गरेका कयौँ सर्वसाधारणको पनि उपस्थिति थियो। 

ओली र शाही सहभागी उक्त फिल्मको शुभमुहूर्त कार्यक्रममा चर्चित कलाकारहरू धिरेन शाक्य र रमेश उप्रेतीसमेत देखिए। 

तेजाव पीडितहरूको कथामा आधारित यो फिल्ममा लगानी कलाकार रमित ढुंगानाले गरेका छन्। पर्साकी एसिडपीडित मुस्कान खातुनको जीवनीमा आधारित यो फिल्मको निर्देशन पनि उनै रमितले गर्दैछन्। 

यस फिल्ममा मुस्कानसहित सुरवीर पण्डित, सिम्रन खड्काको पनि अभिनय रहनेछ। ओली प्रधानमन्त्री भएका बेला एसिड पीडितहरूको पक्षमा कडा कानुन बनाएका थिए।

हाल प्रतिपक्षमा रहेका पूर्वप्रधानमन्त्री ओलीलाई उपस्थित गराएर यो फिल्मको शुभमुहूर्त गरिएको हो। 

उक्त शुभमुहूर्तका क्रममा पहिलो दृश्यको निर्देशन पनि ओलीले नै गरे। मञ्चमा अगाडितर्फ एसिड पीडितहरूलाई राखेर ‌ओलीले निर्देशन गरिरहँदा ज्ञानेन्द्र शाहीले क्ल्याप गरेका गरेका थिए। 

ओली र ज्ञानेन्द्र शाहीले शुभमुहूर्तमा निर्देशन र क्ल्याप गर्दा नायक धिरेन शाक्यले क्यामेरा रोल गरेका थिए। 

उता शुभमुहूर्तका क्रममा पहिलो दृश्यका लागि एक्सन भन्ने काम अर्का नायक रमेश उप्रेतीले गरे। यो फिल्ममा ओलीको पनि केही भूमिका राखिएको निर्देशक ढुंगानाले बताएका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .