ad ad

फोटोफिचर


प्रेममय प्रणय दिवस (तस्बिरहरू)


सरोज बैजु
फागुन २, २०८० बुधबार १५:३२, काठमाडौँ

आज भ्यालेन्टाइन डे। सातासम्म मनाइने भ्यालेन्टाइन डेको विशेष अर्थात १४ फेब्रुअरी।

भ्यालेन्टाइन डेमा प्रेमी जोडीहरूले विशेष डेट, गिफ्ट साटासाट र प्रेमिल समय बिताउने गर्छन्।

खासगरी पश्चिमा मुलुकमा मनाइने भ्यालेन्टाइन डेको प्रभाव विस्तारै पूर्वीय मुलुकमा पनि फैलिएको छ। 

भ्यालेन्टाइन डेको अन्तिम दिन जस्तै त्यसअघिका ७ दिन पनि पनि महत्वका मानिन्छन्।

भ्यालेन्टाइन डेअघि, मानिसहरूले रोज डे, प्रपोज डे, चकलेट डे, टेडी डे, प्रमिश डे, हग डे र किस डे पनि मनाउने गरेका छन्। 

भ्यालेन्टाइन डे तेस्रो शताब्दीमा रोममा बस्ने क्याथोलिक पादरी सेन्ट भ्यालेन्टाइनको सम्मानमा मनाइन्छ।

सन्त भ्यालेन्टाइनलाई सम्झिने दिन पूर्वी अर्थोडक्समा जुलाई ६ मा मनाइन्छ। 

यो दिनमा काठमाडौँमा पनि चहलपहल देखिएको छ। आज सरस्वती पूजा र भ्यालेन्टाइन डे एकै दिन परेका छन्।

विद्यालयहरूमा सरस्वती पूजाको चहलपहल छ भने होटल, रेस्टुराँ, सपिङ सेन्टर र मलहरूमा भ्यालेन्टाइन डेको चहलपहल देखिएको छ।

हेर्नुस् तस्बिरमा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .