ad ad

फोटोफिचर


महाजात्रा हेर्न आमा लिएर पुगिन् कोमल शाह (तस्बिरहरू)


सरोज बैजु
चैत ९, २०८० शुक्रबार २०:३५, काठमाडौँ

पूर्वरानी कोमल शाह शुक्रबार नेपाली चलचित्र ‘महाजात्रा’ हेर्न सिभिल मल पुगेकी छन्। 

उनी हिमानी ट्रस्टको आयोजनामा ‘महाजात्रा’ हेर्न परिवारका अन्य सदस्यसहित सिभिल मल पुगेकी हुन्। 

कोमलसँगै पूर्वराजपरिवारका शोभा, प्रेरणा, शीताष्मा र दिलाशा शाह पनि हलमा पुगेका थिए। तर हिमानी शाह भने उनीहरूसँग फिल्म हेर्न पुगेकी थिइनन्।

‘महाजात्रा’ शुक्रबारदेखि नै हलमा लागेको हो।

प्रदीप भट्टराई लिखित तथा निर्देशित फिल्म ‘महाजात्रा’मा अभिनेता हरिवंश आचार्यसँगै शृंखलाका तीन कलाकार विपीन कार्की, रवीन्द्रसिंह बानियाँ र रवीन्द्र झा छन्।

‘महाजात्रा’मा फणीन्द्र (विपिन), जोएश (रवीन्द्र बानियाँ) र मुन्ना (रवीन्द्र झा) को भूमिका छन्।

फिल्म ‘जात्रा’ र ‘जात्रै जात्रा’को व्यावसायिक र समीक्षात्मक सफलतापछि षट्कोण आर्ट्सको निर्माणमा तेस्रो शृङ्खला ‘महाजात्रा’ बनाइएको हो

‘महाजात्रा’मा जीवन समृद्ध बनाउने सपना र आपतकालीन रूपमा प्राप्त हुने अवसर व्यवस्थापन गर्दा आइपर्ने समस्यालाई रोचक रूपमा देखाइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .