फोटोफिचर


जावलाखेलमा देखाइयो रातो मच्छिन्द्रनाथको भोटो (तस्बिरहरू)


सरोज बैजु
साउन २०, २०८१ आइतबार १८:१९, काठमाडौँ

वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो देखाइएको छ। ललितपुरको जावलाखेलमा आइतबार भोटो देखाइएको हो।

मच्छिन्द्रनाथको रथ तानेर जावलाखेल पुर्‍याइएपछि भोटो देखाउने चलन छ।

भोटो देखाउने जात्रा हेर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) लगायत उच्च पदस्थहरू पुगेका थिए।

पछिल्लो समय गुठी संस्थान ललितपुरका प्रतिनिधिले राष्ट्राध्यक्षको उपस्थितिमा भोटो देखाउने गरिँदै आएको छ।

अतिथिहरू जावलाखेल आइसकेपछि लाहा छाप लगाइएको रातो कपडाबाट भोटो झिकेर सबभन्दा पहिला रातो मच्छिन्द्रनाथलाई देखाइन्छ।

त्यसपछि राष्ट्र–प्रमुख तथा सरकार–प्रमुखलाई देखाइन्छ, अनि रथ वरिपरि घुमेर चारै दिशामा पालैपालो प्रदर्शन गरिन्छ।

यस अवसरमा सरकारले आज उपत्यकामा सार्वजनिक बिदा पनि दिएको छ।

तस्बिरहरूः

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad