वैदिक सनातन हिन्दू धर्मावलम्बीले आज भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धाभक्तिपूर्वक श्रीकृष्ण जन्माष्टमी पर्व मनाउँदै छन्।
ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ।
यस दिन देशभरिका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजाआराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’बसी रातभर जाग्राम बस्ने प्रचलन छ।
यसैबीच ललितपुरको पाटनस्थित कृष्ण मन्दिरका केही दृश्य हेर्नुहोस्-













171
Shares

प्रतिक्रिया