त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज (शनिबार) ५०औँ दीक्षान्त समारोह सम्पन्न गरेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ५०औँ दीक्षान्त समारोह आयोजना गरिएको हो। उनका अनुसार यसपटक १४ हजार ३०८ विद्यार्थी दीक्षित भएका छन्।
समारोहमा उनीहरूका अभिभावक पनि सहभागी भएका थिए।
त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार यस वर्ष गत वर्षभन्दा २ हजारभन्दा बढी विद्यार्थी दीक्षित भएका छन्।
स्नातकतर्फ ९ हजार ६८, स्नातकोत्तर ५ हजार ५५, एमफिलतर्फ ६३ र विद्यावारिधि (पीएचडी) तर्फ १ सय २२ जना विद्यार्थी दीक्षित भएका हुन्।
समारोहमा विभिन्न १७ वटा विधाका पुरस्कार पनि वितरण गरियो।



























549
Shares

प्रतिक्रिया