प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको छैटौं बैठक धुम्बाराहीस्थित एक पार्टी प्यालेसमा सुरु भएको छ। बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक तथा सांगठानिक प्रतिवेदन प्रस्तुत गर्नेछन्।
‘पार्टी रुपान्तरण र पुननिर्माणको संकल्प: आजको आवश्यकता’ शीर्षकको राजनीतिक प्रतिवेदनमाथि केन्द्रित रही बैठकमा छलफल हुने पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।

बैठकको प्रारम्भमा प्रचण्डले पछिल्लो राजनीतिक परिस्थितिका बारेमा ‘ब्रिफिङ’ गर्ने र लगत्तै प्रस्तुत प्रतिवेदनमाथि छलफल हुनेछ। बैठकमा ४ सय ९ पूर्ण केन्द्रीय सदस्य, २०५ वैकल्पिक केन्द्रीय सदस्य, ३ आयोगबाट ७५ तथा ७ भौगोलिक र ३ गैरभौगोलिक गरी १० प्रदेशका पदाधिकारी गरी एक सय २५ जनाको समेत सहभागिता रहेको छ।
माओवादी केन्द्रको पाँचौ केन्द्रीय समितिको पूर्ण बैठक ११ महिनाअघि बसेको थियो। २०८० माघ २८ गते राष्ट्रिय सभागृहमा बसेको बैठकले पहिलो विधान सम्मेलनको तयारी र चार महिने माओवादी रुपान्तरण अभियानको समीक्षा गरेको थियो।





























Shares

प्रतिक्रिया