फोटोफिचर


पाथीभरा केबलकार विवाद काठमाडौँ छिर्‍यो, माइतीघरमा विरोध प्रदर्शन (तस्बिरहरू)


सरोज बैजु
माघ २१, २०८१ सोमबार १६:३०, काठमाडौँ

ताप्लेजुङको पाथीभरामा निर्माणाधीन केबलकारको विरोध काठमाडौँसम्म आइपुगेको छ। यस क्षेत्र संरक्षणको माग गर्दै काठमाडौँमा आज विरोध प्रदर्शन भएको हो।

मुक्कुमलुङ ताङ्से:प चुम्भो र मक्कुमलुङ संरक्षण अन्तरदलीय संघर्ष समितिको आयोजनामा सोमबार काठमाडौँको माइतीघर मण्डलमा विरोध प्रदर्शन भएको हो।

पाथीभरामा केबलकार निर्माण खारेजीको माग गर्दै उनीहरू प्रदर्शनमा उत्रिएका हुन्।

पाथीभरामा निर्माणाधीन केबलकारको विरोधमा सुदूरपूर्वी पहाडी जिल्ला एक सातादेखि प्रभावित छ। यो प्रभाव आज काठमाडौँमा समेत सुरु भएको छ। काठमाडौँमा गरिएको विरोध कार्यक्रममा प्रदर्शनकारीले गृहमन्त्रीको राजीनामा समेत मागेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad