आज २२औँ धान दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ।
असार १५ लाई सरकारले धान दिवसका रूपमा मनाउने गरेको हो।
तर धान दिवस, सरकारी निकायले मात्र होइन, अन्य संघसंस्थाले समेत विविध कार्यक्रम गरी मनाउने गर्छन्।
यसै क्रममा आज आइतबार मोरङको बुढीगंगा गाउँपालिका-३ मा पनि धान दिवस हर्षोल्लापूर्वक धान रोप्दै मनाइएको छ।
धान रोपाइँमा गाउँभरिका बालबालिका, युवादेखि ज्येष्ठ नागरिकसम्म सहभागी भए।
स्थानीय स्मृति स्कुलको समन्वयमा भएको उक्त कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिसमेत आए।
हेर्नुहोस् तस्बिर-
















210
Shares

प्रतिक्रिया