समाज


काठमाडौँसहित यी २९ जिल्लामा ‘एल्लो अलर्ट’, बाढी र पहिरोबाट बच्न तोकियो सतर्कताका ५ क्षेत्र

काठमाडौँसहित यी २९ जिल्लामा ‘एल्लो अलर्ट’, बाढी र पहिरोबाट बच्न तोकियो सतर्कताका ५ क्षेत्र

फाइल तस्बिर: काभ्रेको पनौती


नेपालखबर
असार १५, २०८२ आइतबार ९:५९, काठमाडौँ

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले हरेक दिनजस्तै आज (असार १५, आइतबार) पनि बाढीबारे सतर्कता सूचना जारी गरेको छ।

बाढी महाशाखाका अनुसार आज कोसी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरू साथै कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह सतर्कता तह तलै रहने तर बढ्ने पनि सम्भावना रहेकाले ती नदीका तटीय क्षेत्रमा सतर्कता अपनाउन जरुरी छ। 

यस्तै जिल्लाका हिसाबले भने आज कैलाली, कञ्चनपुर, बर्दिया, सुर्खेत, डोटी, बैतडी, दार्चुला, काठमाडौँ, ललितपुर, भक्तपुर र आसपासका जिल्ला भई वहने केही ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम हुने उच्च सम्भावना छ। यसैले ती जिल्लाका खोला/नदीका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन बाढी महाशाखाले सुझाव दिएको छ। 

साथै आज पर्वत, बागलुङ, रोल्पा, म्याग्दी, प्युठान, गुल्मी, दाङ, बाँके, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, अर्घाखाँची, रुकुमपश्चिम, सल्यान, जाजरकोट, कालिकोट, दैलेख, अछाम, डडेलधुरा, बझाङ र आसपासका जिल्ला भई वहने केही ससाना नदीको पनि बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम देखिएको छ। अत: ती जिल्लाका खोला/नदीका तटीय क्षेत्रमा पनि उच्च सतर्कता अपनाउन आवश्यक रहेको बाढी महाशाखाले जनाएको छ। 

उल्लिखित २९ जिल्लालाई बाढी महाशाखाले पहेँलो रङ अर्थात् एल्लो अलर्टमा राखेको छ। र पहेँलो लगाइएका जिल्लाका लागि ५ क्षेत्र तोक्दै सतर्कता अपनाउन चेतावनी दिइएको छ। 

-पहाडी तथा चुरे क्षेत्रका भिरालि तथा पहिरोग्रस्त क्षेत्रका बस्तीहरू

-नदी किनार तथा खोला आसपासका बस्तीहरू

-मुख्य तथा सहायक सडक यातायात

-जलविद्युत् आयोजना तथा नदी क्षेत्रमा निर्माणाधीन संरचना

-कृषि क्षेत्र तथा सिँचाइ प्रणाली

हेर्नुहोस् बाढी महाशाखाले जारी गरेको सूचना:

यो पनि:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad