लकडाउनको समय। कालोपत्रे र रंगरोगनले धपक्क बलेको सडक। वरपर किनारामा ढकमक्क ज्याकारान्डा फूल। त्यसमाथि खुलेको नीलो आकाश।
यो दृश्य हो काठमाडौंका सडकको। मिल्न पनि ज्याकारान्डा फूलको बैजनी र उघ्रेको आकाशको नीलो असाध्यै मिलेको छ।
घण्टाघर, दरबारमार्ग, रत्नपार्क र रिङरोडका सडक किनाराहरु यो फूलले भरिएका छन्।
हेर्दा शिरिषको फूलको अनुमान गरे पनि यथार्थमा यो शिरिषको फूल होइन। विदेशबाट आएको मानिने यो फूलले काठमाडौंको सौन्दर्य अझै बढाएको छ। यो फूलले यो बेला काठमाडौंमा विशेष चमक थप्छ। हेरौँ काठमाडौंका केही झलक :

प्रतिक्रिया