अविरल वर्षापछि वागमती नदीमा आएको बाढीले काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्ती डुबानमा परेको छ।
बस्तीमा रहेका १३६ घरहरु मध्ये नदी छेउका अधिकांश घरमा पानी पसेको छ। दिउँसो वागमतीमा अत्यधिक पानी बगेपनि साँझ परेपछि पानी केही कम भएको छ।
घरभित्र पानी पसेपछि अधिकांश परिवारको खानेकुरा, लत्ताकपडालगायतका सामान भिजेको छ।
आकाशमा कालो बादल र पानी पर्ने सम्भावनाका बीच वागमती किनारका बासिन्दा थप त्रसित बनेका छन्।

प्रतिक्रिया