यमपञ्चकको तेस्रो दिन आज कुकुर तिहार पर्व मनाइँदै छ। इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरलाई आज मीठो खानेकुरा खान दिएर पूजा गर्ने चलन छ।
कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रुपमा मूलढोकामा बस्ने ‘श्याम’ र ‘सबल’ नामका कुकुरले सहजरुपमा बाटो छाडिदिने धार्मिक विश्वास छ।
कुकुर तिहार र नरक चतुर्दशी यमपञ्चकको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन परेको हो।
यसैबीच सडकमा छाडिएका कुकुरालाई संरक्ष दिँदै आएको ललितपुरको चोभारस्थिति स्नेहा केयरले पनि कुकुर तिहार मनाएको छ। केयरले सडक कुकुरहरूलाई फूलमालासहित मीठो खान दिएर यो पर्व मनाएको हो।
यसको स्थापना सन् २०१४ मा स्थापना भएको थियो।
हेरौँ केही तस्बिर

प्रतिक्रिया