फोटोफिचर


यस्ता छन् नाडा अटो शोमा मुख्य आकर्षक ब्राण्ड तथा मोडेल (फोटो फिचर)


नेपालखबर
भदौ १०, २०७६ मंगलबार १२:२,

काठमाडौंमा मंगलबारदेखि सुरु भएको नाडा अटो शो प्रदर्शनीमा प्रख्यात अन्तर्राष्ट्रिय ब्राण्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्टपुर्जाका साथै राष्ट्रिय ब्राण्डका अटो सामग्री उत्पादक एवं वस्तु तथा सेवा प्रदायकहरुको सहभागिता रहेको छ। प्रर्दशनीमा ठूला तथा साना गरी १६० वटा स्टल र ब्लकहरु रहेका आयाेजकले जनाएका छन्।

प्रदर्शनीमा २३ वटा ब्राण्डका चार पाङग्रे, १९ वटा ब्राण्डका दुई पाङग्रे, १२ वटा ब्राण्डका लुब्रिकेन्ट, ९ वटा ब्राण्डका टायर, ५ वटा ब्राण्डका ब्याटरी, १४ वटा पार्टपुर्जा एवं ग्यारेज उपकरण कम्पनी तथा १३ वटा वित्तीय संस्थाहरुको सहभागिता रहेको छ। नाडा अटो शोमा दुई पाङ्ग्रे र चार पाङ्ग्रे प्रायः सबैले नयाँ मोडेल भित्राएका छन्।

मेलामा मुख्य आकर्षक ब्राण्ड तथा मोडेल यस्ता छन्
टाटा मोटर्सका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले नाडा अटो शोलाई नै केन्द्रित गरी प्रिमियम एसयुभी टाटा एच फाइभ ल्याएको छ। कम्पनीले गाडीको सुरुवाती मूल्य ५६ लाख ५५ हजार रुपैयाँ तोकेको छ। अटो शोमा नै आज सार्वजनिक भएको उक्त गाडीको क्रियोटेक २ दश्मलव ० लिटर टर्बो डिजेल इन्जिनयुक्त यो गाडी भारतमा चर्चित छ।

सुजुकीको स्मार्ट हाइब्रिड कारले पनि मुख्य आकर्षको थलो बन्न पुगेको छ। सुजुकीको नेपालस्थित अधिकृत विक्रेता सिजी मोटोकर्पले हाइब्रिड प्रविधिको सियाज, इर्टिगा र एसक्रसलाई नाडामा सार्वजनिक गरेको हो।

थाइल्यान्डको जीपीएक्स ब्रान्डका आधिकारीक विक्रेता ओमेगा अटोमोबाइल्स प्रालिले थप तीन वटा मोडल सार्वजनिक गरेको छ। आज सार्वजनिक गरेको नयाँ मोडलमा रेजर २२०, रेजर २०० र लिजेन्ट १५० रहेको छ। यसको मूल्य क्रमशः ४ लाख ९९ हजार ७ सय, ४ लाख ७७ हजार ७ सय, ३ लाख ५७ हजार ७ सय रुपैंया रहेको कम्पनीले जनाएको छ।

टोयोटा गाडीको अधिकृत विक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेटले पेट्रोल भेरियन्टको र्याभ फोर सार्वजनिक गरेको छ। २.५ लिटर पेट्रोल इन्जिन युक्त गाडीमा चार सिलिण्डर छ।

रेनल्ट गाडीको अधिकृत विक्रेता एड्भान्स अटोमोवाइल्सले नाडा अटो शोमा ट्राइवर सार्वजनिक भएको छ। कम्पनीले मेलाबाट ट्राइवरको नियमित विक्री सुरु गर्ने जनाएको छ। एक हजार सीसीको सानो यो गाडीमा सात जना अट्न सक्ने सिट क्षमता छ। तीनवटा सिलिण्डर सहित १.० पेट्रोल इन्जिन गाडीमा ७२ पिएस र ९६ एनएम पावर छ। पाँचवटा म्यानुअल स्पीड रहेको गाडीमा पाँचवटा गियर बक्स छ।

हुण्डाइ ग्राण्ड आइ १०, फोर्ड फ्रिस्टाइल, सेलेरियो लगायत ट्राइवरको प्रतिस्पर्धी गाडी हुन्। महिन्द्राको मोराजो पनि मुख्य आकर्षण रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad