प्रभास अभिनित चलचित्र ‘साहो’ यसै महिनाको ३० तारिखदेखि रिलिज हुँदैछ। साहोको ट्रेलर रिलिज भएसँगै यस चलचित्रको बेग्र प्रतिक्षा गरिएको छ।
चलचित्र रिलिज हुन केही समयमात्र बाँकी रहँदा प्रभासले पत्रकारहरुसँग आफ्ना मनका कुराहरु खोलेका छन्।
प्रभासका अनुसार उनलाई चलचित्र ‘साहो’को सुटिङ एक वर्षमै सकिन्छ जस्तो लागेको थियो। यद्यपी त्यो हनु सकेन।
उनले भने,‘योजना बनाएको थिए तर बाहुबली २ को लागि पनि सुटिङ गर्नु थियो। साहोको एक्सन सिनका कारण पनि सुटिङ धेरै ढिला भयो। साहोमा ५० जना हलिउडबाट आएका थिए। एक्सन सिन आबूधाबीमा खिचिएका छन्। गुणस्तरमा बढी ध्यान दिँदा सुटिङ गर्न दुईवर्ष लाग्यो।’

प्रभासले आफू कलेजमा हुँदा महिलासँग बोल्न लजाउने गरेको पनि बताए। यद्यपी बाहुबली चलचित्रपछि महिलाहरु विवाहको लागि पछि परेको उनले सुनाए। उनले समय आएपछि विवाह हुने बताएका छन्।
एक प्रसंगमा भारतीय पत्रकारहरुले उनलाई हिन्दी भाषाको बारेमा प्रश्न गरेका छन्। दक्षिण भारतका मानिसहरु हिन्दी प्रायले बुझ्देनन् पनि लेख्दैनन् पनि।
तर प्रभासले उत्तरमा भने,‘मलाई हिन्दी लेख्न पनि आउँछ, पढ्द पनि आउँछ। मैले साहोको लागि आफ्ना सबै डाइलोग हिन्दीमा लेखे र पढें।’
चलचित्र जुन भाषाको भएपनि त्यसको कथा लेखन पक्ष मजबुद छ भने त्यो जुन भाषामा डबिङ भए पनि हिट हुने प्रभासको भनाइ छ।
साहोमा प्रभाससँगै बलिउड स्टार ज्याकी स्रोफ, श्रद्धा कपुर लगायतले अभिनय गरेका छन्। एजेन्सी

प्रतिक्रिया