पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ।
शुक्रबार दिउँसो पशुपति आर्यघाटमा ओलीले दागबत्ती दिएका छन्। मोहनप्रसादको शुक्रबार बिहान भक्तपुरको गठ्ठाघरस्थित नेपाल कोरिया मैत्री अस्पतालमा उपचारका क्रममा निधन भएको थियो।
श्रद्धाञ्जली अर्पण गर्न नेपाली कांग्रेसका सभापति गगन थापा, नेता अर्जुननरसिंह केसी, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल, नेता नारायणकाजी श्रेष्ठ, पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी अवज्ञा पौडेल, एमालेका उपाध्यक्षहरू विष्णुप्रसाद पौडेल, पृथ्वीसुब्बा गुरुङ र गोकर्ण विष्ट, महासचिव शङ्कर पोखरेल, पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, नेकपा (माले)का महासचिव सीपी मैनाली, नेकपा (संयुक्त)का कार्यवाहक अध्यक्ष घनश्याम भुसाललगायत विभिन्न दलका नेता तथा कार्यकर्ता आर्यघाट पुगेका थिए।



















Shares

प्रतिक्रिया