वर्षौँदेखि बसोबास गर्दै आएका अव्यवस्थित बसोबासी तथा भूमिहीनहरूलाई हटाउन नहुने भन्दै २२ जिल्लाका सुकुम्वासीहरूले बुटवलमा प्रदर्शन गरेका छन्। नेपाल भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासी संघर्ष समिति, रूपन्देहीको आयोजनामा प्रदर्शन भएको हो।
बुटवलको राजमार्ग चौराहाबाट सुरु भएको विरोध प्रदर्शन तथा र्याली मिलनचोक, बसपार्क, पुष्पलाल पार्क हुँदै ट्राफिक चोक पुगेर कोणसभामा परिणत भएको छ।
प्रदर्शनमा विशेष गरी तराईका २२ जिल्लाका सुकुम्वासी सहभागी छन्। सरकारले विकल्पबिना गरिब, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीका घरटहरामा डोजर चलाएर हटाउने, लखेट्ने गरेकाले विरोध प्रदर्शन गरिएको संघर्ष समिति संयोजक खगेन्द्र पौडेलले बताए।
सरकारले दीर्घकालीन व्यवस्थापनको योजना तयार नगरेरै हतारमा वस्तीमा डोजर चलाउँदा देशभरका झण्डै १२ लाखभन्दा बढी परिवारका झण्डै ५० लाख नागरिक प्रभावित भएको उनको दाबी छ।










Shares

प्रतिक्रिया